दफा
राजस्व चुहावट गरेको मानिने
कुनै पनि व्यक्तिले देहायको कुनै कार्य गरेमा राजस्व चुहाबटको कसूर गरेको मानिनेछः-
(क) कम राजस्व तिर्ने वा राजस्व नतिर्ने उद्देश्यले गलत वा झुट्टा लेखा, विवरण वा कागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरे वा नबुझाएमा वा तिर्नु वा बुझाउनु पर्ने राजस्वभन्दा घटी राजस्व तिरेमा वा बुझाएमा,
(ख) कुनै पनि मालवस्तुको निकासी पैठारी गर्दा सम्बन्धित भन्सार कार्यालयमा प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा वा छल्ने प्रयत्न गरेमा,
(ग) कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको नामबाट कुनै “उचोग, व्यापार वा व्यवसाय गरी कुनै वस्तु निकासी वा पैठारी: गरेमा वा कुनै विदेशी कम्पनी वा संस्थाको एजेन्ट भएमा सो कुरा नदेखाई प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा,
(घ) राजस्व तिर्नु, बुझाउनु वा दाखिला गर्नु पर्ने कार्या वा सो कार्यालयको कर्मचारीको कार्यमा अनाधिकार बाधा उत्पन्न गरेमा वा त्यस्तो कार्यालय वा कर्मचारीलाई अनुचित प्रभावमा पारी आफूले तिर्नु बुझाउनु पर्ने राजस्व नतिरेमा वा जति तिर्नु पर्ने हो सोभन्दा कम रकम तिरेमा वा त्यस्तो कुनै कार्य गर्ने गराउने प्रयत्न गरेमा,
(ङ) राजस्व बुझाउनु पर्ने कार्यालयको कर्मचारीसँग मिलेमतो गरी वा नगरी कानून बमोजिम, तिर्नु बुझाउनु पर्ने राजस्व - रकममा हेरफेर वा परिवर्तन: गरेमा वा राजस्व बुझाएको देखिने गलत वा झुट्टा लिखत तथा कागजात तयार गरेमा वा पेश गरेमा,
(च) राजस्व बुझाउने प्रयोजनको लागि घोषणा गरिनु पर्ने वा देखाउनु पर्ने कुनै आय, घर जग्गा वा अन्य सम्पत्ति वा सामानको वास्तविक मूल्यभन्दा घटी वा बढी हुने गरी हिसाब वा कागजात तयार गरी पेश गरेमा,
(छ) कसैले कुनै मालवस्तु चोरी निकासी बा चोरी पैठारी गरेमा, पैठारीकर्ता बा भन्सार एजेण्टले एउटा मालवस्तुलाई अर्कै मालवस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित मालवस्तुलाई अर्कै प्रकारको पदार्थबाट निर्मित मालवस्तु भनी वा मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, गुणस्तर र मूल्य फरक पारी घोषणा गरेमा वा कुनै मालवस्तु घोषणा नै नगरेमा, (ज) कुनै व्यक्तिले आय लुकाई निजको आयभन्दा खर्च र सम्पत्ति बढी भएको देखिएमा,
(झ) प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिर्ने वा कम तिर्ने नियतले अन्य कुनै काम गरे वा गराएमा,
(ज्ञ) खण्ड (क) देखि (झ) सम्म उल्लिखित कुनै कामकारबाही गर्न वा गराउन गलत वा झुट्टा परामर्श दिएमा।